अर्थ-वाणिज्य

एक मेहनती अध्यक्ष जसले तेश्रो लहरवाट बचाउन स्वास्थ्य सेवा विभागमा पुगेर सामाग्री ल्याए



कपिलवस्तु २५ साउन । निग्लीहवा स्वास्थ्य चौकीकालागि वडाध्यक्ष शिव वाग्लेले नेपाल सरकारको स्वास्थ्य सेवा बिभाग मै पुगेर अक्सिजन सिलिण्डर ,अक्सिमिटर, मास्क, फेस शिल्ड ग्लोब्स जस्ता स्वास्थ्य सागाम्री ल्याएर चौकीलाई हस्तान्तरण गर्नु भएकोछ। स्वास्थ्य चौकी जगदिशपुरमा आयोजित एक संक्षिप्त समारोहका बीच नेकपा एमालेका नगर अध्यक्ष भेषराज पाण्डे र वडाध्यक्ष शिव वाग्लेले संयुक्त रुपमा ती सामाग्री स्वास्थ्य चौकी प्रमुख हरिराम थारुलाई हस्तान्तरण गर्नु भएको हो । 

सो अवसरमा वोल्दै एमाले नगर अध्यक्ष पाण्डेले स्वास्थ्य चौकीकालागि काठमाडौ पुगेर स्वास्थ्य सामाग्री ल्याएर हस्तान्तरण गर्ने  वडाध्यक्ष सायदै कम होलान भन्दै  प्रसंसा गर्नु भयो । नया एम्वुलेन्सकालागि काठमाडौ पुगेका बेलामा स्वास्थ्य सामाग्री वोकेर ल्याउने र हस्तान्तरण गर्ने काम सह्रानिय भएको उहाले वताउनु भयो। वडाध्यक्ष वाग्लेले अहिले केहिथान अक्सिजन सिलिण्डर सहितका सामाग्री मात्र ल्याएको वताउदै आगामी दिनमा अझ धेरै सामाग्री लिएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाले ती सामाग्री पाउन सघाउने नेपाल स्वास्थ्य ब्यवासायी परिसदका रजिस्टार एवम कपिलवस्तुका वासिन्दा पुष्पराज खनाललाई समेत धन्यवाद दिनु भयो।

प्रकाशित : २५ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६