प्रदेश

एकिकृत पार्टी कार्यकर्ताको भावना, समृद्धि र स्थायीत्व जनचाहाना : नेता अधिकारी



कपिलवस्तु २६ साउन ।  नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले एकिकृतपाटी कार्यकर्ताको भावना समृद्धी र स्थायीत्व जनताको चाहाना भएको वताउनु भएको छ । उहालेपार्टीमा देखिएका अन्तरविरोधलाई समाधान गरी एकिकृत पार्टी निर्माण गर्दै जनताको समृद्धि प्रतिको जनचाहना एमालेले पुरा गर्ने बनाउने बताउनु भयो ।               नेता अधिकारीले नेकपा (एमाले) जिल्ला सचिवालय कपिलवस्तुको वैठकलाई मदन आश्रित स्मृति भवन तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भयो ।               

वैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले भूमिहिन सुकुम्बासीका समास्या प्रति वर्तमान सरकार गैर जिम्मेवार बनेको तर्क गर्दै एमाले भूमिहिन सुकुम्बासीका समस्या प्रति समवेदनशिल रहेको धारणा राख्नु भयो ।                                           

सचिवालय वैठकले पार्टी संगठित सदस्यताको नविकरण यही श्रावण ३० गते भित्र प्रदेश कमिटीमा बुझाउने, संगठन सुदृढीकरण अभियानलाई तिव्रता दिने निर्णय गरेको एमाले जिल्ला नेता डम्मर शर्माले बताउनु भयो ।

वैठकमा एमाले नेताहरु टेकराज पौडेल, इन्द्रमणी पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र जिल्ला सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु प्रभा पौडेल, नेत्रराज अधिकारी, विश्राम प्रसाद थारु, सफरअलिमिया लगायतको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार विभागले जनाएको छ ।  

प्रकाशित : २६ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६