ब्रेकिंग न्युज

लडाई अधिकार र पहिचानको हो विखण्डनको होइन :महतो



कपिलवस्तु २७साउन ।   पूर्व मन्त्रि राजेन्द्र महतोले राष्ट्यि जनता पार्टी र समाजवादी पार्टी विच एकता नै नभएको दावि गरेका छन्थि ।उनले मात्र एकता गर्ने प्रयास भएको बताए। कपिलबस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकता भेटघाट कार्यक्रममा सो कुरा बताएका छन् । 
हाम्रो मनलाई सानो गरेर हुदैन जब हामी जुटेकै थिएनौ तब टुट्ने कसरी? पूर्व मन्त्री महतोले प्रश्न गरे। मधेशका जनताको चहना र माग अनुसार हामी पार्टी एकता गर्ने प्रयास विगतमा अगाडी बढाएको तर उपेन्द्र यादव मधेस विरोधी भयकाले अव भ्रम नरहेको पूर्व मन्त्री महतोले बताए । 
 जनता समाजबादी पार्टीको निर्माण राजपाले गरेको हो उपेन्द्र यादवले होइन् भन्दै समयमा नै मधेशलाई खण्डीत गर्ने मनसाय का उपेन्द्रको पहिचान भईसकेको वताए । लडाई अधिकार र पहिचानको हो विखण्डनको होइन उनले भने। 

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सर्बेन्द्र नाथ शुक्ला, अकवाल अहमद शाह, रजिदत्त मिश्रा, लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख उमाकान्त झा, जसपा नेता जनसन शर्मा, सन्तराम अग्रहरी लगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रम जसपा नेता जनसन शर्मा, प्रदीप अग्रहरी, मधुसुदन शरण चौधरी लगायतको सहभागित रहेको थियो । कैलास अग्रहरीको अध्यक्षता, कमलेश चौधरीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रजनिस पाण्डेयले गरेका थिए।

प्रकाशित : २७ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६