प्रदेश

नरैनापुर बन्यो किसानलाई पेन्सन दिने पहिलो पालिका



वाँके २९ साउन ।  नरैनापुर गाउँपालिकाले ‘कृषक पेन्सन’ कार्यक्रम सुरु गरेको छ । किसानलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत मासिक ५ सय रुपैयाँका दरले ‘कृषक पेन्सन’ को व्यवस्था गरिएको छ ।

व्यावसायिक खेती गरिरहेका कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा पेन्सन दिइने गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । कार्यक्रममा १ हजार किसान समेटिने छन् । ‘यहाँ अहिले पनि परम्परागत रूपमा खेती हुँदै आएको छ । कृषि प्रविधिको विकाससँग किसानलाई पनि जोड्न खोजेका हौं,’ भण्डारीले भने । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा नै कृषक पेन्सन कार्यक्रम समावेश गरिएको हो । 

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६