अर्थ-वाणिज्य

‘मानव वेचविखन नियन्त्रणमा सापेक्ष र उपयुक्त नीति आवश्यक ’



कपिलवस्तु २९ साउन । मानव बेचबिखन सामाजिक अपराध हो । यसलाई नियन्त्रण गर्न सरकार बढि जिम्मेवार हुनु पर्छ ।माइती नेपाल र सम्मान परियोजनाको आयोजनामा मानव बेच बिखन सम्बन्धि छलफल कार्यक्रम तौलिहवामा गरिएको छ । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपाध्यक्ष तारावती चौधरीले मानव बेचबिखन अपराध भएकोले यसलाई रोक्न सबैले होस्टेमा हैसे गर्नु पर्ने बताउनु भयो । मानव बेचबिखनलाई रोक्न स्थानिय तहहरु पनि सक्रिय भई निति बनाएर कार्यान्वयन गर्नु पर्ने बताउनु भयोे । 


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी एवं मानव बेचबिखन  तथा ओसारपसार नियन्त्रण  समितिका अध्यक्ष चक्रपाणी पाण्डेले मानव बेच विखन विश्वव्यापी रुपमा फैलिएको सामाजिक अपराध भएको जनाउदै  नेपाल पनि यो समस्यावाट अछुतो रहन नसकेको बताउनु भयो ।  मानव बेचबिखन तथा ओसारपसार, महिला तथा बालबालिकाहरूमाथि हुने यौन तथा श्रम शोषण, निकृष्ट प्रकारका बालश्रम, ब्यक्ति माथि हुने दासता र दासत्वको ब्यवहार बिरूद्ध मानवअधिकार, महिलाअधिकार र बालअधिकारलाई सुनिश्चित गर्ने अन्तराष्ट्रिय र सार्क स्तरका महासन्धि  र तिनका इच्छाधिन आलेखहरूलाई नेपाल सरकारले अनुमोदन गरी सकेको सन्र्दभमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणकाप्रति  प्रतिवद्धता र जिम्मेवारी झनै बढेको उहाँले औल्याउनु भयो  ।

नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ को कार्यान्वयनको माध्यमवाट यो समस्या समाधानकालागि नेपाल क्रियाशील रहेको जनाउनु भयो । उहाँले जिल्लाका सबै पालिकाले यस सम्बन्धि निति बनाएर काम गर्नु पर्ने औल्याउनु भयो ।  निति र कार्ययोजना बनाउदा समाजका अनुभवी नागरिकलाई समेत समावेश गर्नु पर्ने जनाउनु भयो । 

जिल्लाका कपिलवस्तु नगरपालिका , कृष्णनगर र वुद्धभुमि नगरपालिकामा मानववेचविखन तथा ओसारपसार नियन्त्रण कार्यक्रम विनर इन्टरनेशनलले गरेकोले बाँकी पालिकाहरुमा अन्य संघसंस्थाले जिम्मा लिएर अगाडि लैजानु पर्ने बताउनु भयो । सोहि अनुरुपम शिवराज र शुद्धोधनमा युएनएफपिएले , विजयनगर गाउँपालिकामा दलित सामाजिक विकास केन्द्रले , मायादेवी गाउँपालिकामा सनसाइन सामाजिक विकास केन्द्रले र वाणगंगा नगरपालिकामा लिडो नेपालले जिम्मा लिई मानववेचविखन नियन्त्रणको कार्य अगाडि बढाउने निर्णय भएको छ । त्यस्तै यशोधरा र महाराजगञ्ज नगरपालिका माहुरी होमले जिम्मा लिने भएको छ । 

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय कपिलवस्तुका सहायक जिल्ला न्यायद्यिवक्ता दामोदर गौतम , जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दान वहादुर कार्की , विनर इन्टरनेस्नलका संयोजक लालवाबु कुशवाहाले मानव वेच विखन नियन्त्रण सम्बन्धि छुट्टाछुट्टै प्रस्तुती गर्नु भएको थियो । माइती नेपालका संयोजक माया क्षेत्रीको सहजिकरणमा भएको कार्यक्रममा जिल्लाका पालिकाहरुका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधिहरुको  उपस्थिती रहेको थियो । 

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६