अर्थ-वाणिज्य

अर्घाखाँची जिल्लामा कडा लकडाउनको समय थपियो



अर्घाखाँची २९ साउन। अर्घाखाँची जिल्लामा कडा लकडाउनको समय साउन ३० गतेदेखि भाद्र ८ गतेसम्म थपिएको छ । डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठकले निषेधाज्ञालाई भाद्र ८ गते राती १२.३० सम्म जारी राख्ने निर्णय गरेको हो जारी निषेधाज्ञा अवधिमा बैंकहरु बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।यस्तै सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात पुर्ण रूपमा बन्द हुने भएका छन् ।                                साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ ।     साथै घरबाट बाहिर कोही पनि निस्किन नपाउने भएको छ ।यसअघि एघारौ पटक साउन ३० गते राती १२ बजेसम्म कडा निषेधाज्ञा थपिएको थियो ।य स अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात, बैंक तथा वित्तीय संस्था खुलेका थिए । जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन हुने भएका हुन् ।यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम छ ।     जिल्लामा कोरोना संक्रमितको संख्या पछिल्लो पटक फेरी बढेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।अर्घाखाँची कारागारमा रहेका ६४ मध्ये ६० जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो.।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६