अर्थ-वाणिज्य

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले दिए सामुहिक राजीनामा



काठमाडौं, ३० साउन । सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) सामुहिक राजीनामा दिएका छन् ।
कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकामा आपत्ति जनाएका थिए।

आफूहरुमाथि पार्टीबाट अन्याय भएकाले राजीनामा दिएको एक आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ ‘विश्व’ ले बताए । ‘पदाधिकारी र केन्द्रीय सदस्यहरु चाहिँ सिधै महाधिवेशनमा जान पाउने तर आमन्त्रितले बुथमा गएर लड्नु पर्ने गरी बनाएको नियमले अन्याय भएको छ’, उनले भने, ‘१४ औं महाधिवेशनमा हाम्रो भूमिका केही नदेखिने भएपछि राजीनामा दिएका हौं ।’

उनीहरुले बुथमा गएर सबै जनाले चुनाव लड्नुपर्ने अडान लिएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु सबैले बुथमै गएर चुनाव लड्ने नियम आवश्यक रहेको उनीहरुको मत थियो ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६