लमही ३० साउन। लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरीघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । त्यसैले र्यटनलाई रोजगार संग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । साथै उनले देशमा अहिले कारोना महामारी तिब्र गतिमा फैलिरहेको अवस्थामा यस रोगबाट हामी सबै बाच्नु पर्छ बचाउनु पर्छ भन्दै सबै कार्यकर्तालाई सजग र सचेत रहन आग्रह गरे ।
३० श्रावण २०७८, शनिबार
प्रतिक्रिया