पर्यटन

माओवादी तल्लो तहसम्म बहुपदिय संरचनामा जाने ,जिल्ला कमिटी नरहने



काठमाडौं, ३१ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रले तल्लो कमिटीसम्मै बहुपदमा जाने निर्णय गरेको छ । अन्तरिम विधानमा उल्लेख भएअनुसार सबै कमिटीहरुमा बहुपदमा जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । २०६९ साल माघमा मकवानपुरको हेटौंडामा भएको महाधिवेशनबाट माओवादी बहुपदमा गएको थियो ।

त्यसबेला माओवादीको एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको थियो । शनिबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले तल्लो कमिटीसम्म बहुपदमा जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ ।केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा प्रदेश र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने’, एक केन्द्रीय सदस्यले भने, ‘जिल्ला समन्वय समिति हुने, जनआधारित अग्रदस्ता निर्माण गरिने र अध्यक्ष प्रचण्डकै नेतृत्वमा विचारको विकास र सांस्कृतिक रुपान्तरण गर्नुपर्नेमा जोड छ ।’

यस्तै मओवादीले आफ्नो विधानवाट जिल्ला कमिटीको ब्यवस्था हटाउने भएको छ । जिल्लाका केन्द्रिय सदस्य समेटेर जिल्ला समन्वय कमिटी नाममात्रको बनाइने प्रस्ताव पारित भएको छ । 

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६