अर्थ-वाणिज्य

एमाले ह्वीप नलाग्ने सांसद शाहीको तर्क , सूर्य चिन्ह एमालेको रहेकाले कारवाही बैध हुने अध्यक्ष गिरीको दावि



रुपन्देही ३१ साउन । लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद अजय शाहीले आफुले एमालेको सदस्यता नलिएकाले पार्टीको ह्वीप नलाग्ने बताएका छन् । शाहीले आइतबार विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशले स्पष्टिकरण माग गरेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आफु नवलपरासी निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य भएको स्पस्ट पारेका छन् ।

‘म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समुह र तत्कालिन नेकपा एमालेबीच भएको २ बुँदे सहमति अनुसार मैले सुर्य चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सवैमा जानकारी गराउँछु’, शाहीले भनेका छन्, ‘मैले नेकपा एमालेको पार्टी सदस्य लिएको छैन । तसर्थ मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन ।’ 

शाहीले यसअघि माओवादी नेता कुलप्रसाद केसीको समर्थनमा हस्ताक्षर गरेका थिए । त्यसपछि एमालेले शाहीलाई कारवाही गर्ने प्रचार गरेको थियो । शाहीलाई हालका मुख्यमन्त्री केसीले विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।यता एमालेले सूर्य चिन्हवाट उम्मेदवार बनेका सबै एमालेका उम्मेदवार भएकाले सूर्य लिएर स्वतन्त्र भन्नु केवल नाटक मात्र भएको भन्दै कारवाही अघि वढाएको प्रदेश अध्यक्ष  लिलागिरीले प्रष्टाउनु भएको छ । 

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६