पर्यटन

धामै धामवाट परिचित बनाउन तीव्र रुपमा काम



कपिलवस्तु ३२ साउन ।  बााणगंगा नगरपालिका वडा नं ८ लाई धामै धामको नामवाट सुपरिचित स्थलका रुपमाा चिनाउने अभियान अन्तर्गत जलेश्वर धाममा शिवको मूर्तिको अनावरण गरिएको छ । सोमबार निमार्ण समिति जलेश्वर धामका अध्यक्ष कुलचन्द्र पराजुली र वडा अध्यक्ष गुणानिधी भुषालले पुजाआज गरि उक्त मूर्तिको अनावरण गनुभएको हो । भारतको राजस्थान बाट ल्याइएको शिव मूर्ति करिब ५ फिट उचाइ रहेको छ । 

जलेश्वर धाम सँगै मधुवन धाम,  ओसो धाम विपश्बी धाम, कोषोतथागत आश्रम, ,ब्रमकुमारीराज केन्द्र, नागेश्वर मन्दिर, वाणगंगा दुर्गा मन्दिर सहित धेरै महत्वपुर्ण र ऐतिहासिक स्थानले वडा नं ८ लाई तिर्थ र धामको पवित्र स्थलको रुपमा विकास गरिरहेको वडा अध्यक्ष भुषालले बताउनु भयो । पछिल्लो समय विप्सना केन्द्रमा देशभका बिभिन्न जिल्लाबाट बिपसना गर्नेहरु बढ्दै गएको उहाको भनाई छ । 

जलेश्वर धाममा धर्मशाला निमार्ण गरि भोजन व्यवस्था सहित विकाश गरि बिभिन्न ठाउबाट आउने भक्तजनहरुको लागी भोजन र आवासको व्यवस्था सहित दर्शन गर्ने गरि गुरुयोजना वडाले तयार गर्दै गरेको अध्यक्ष भुषालले बताउनु भयो ।ओसो आश्रम अन्तराष्ट्यि स्तरको ध्यान साधनाको रुपमा निमार्ण भइरहेको छ ।ओसो तथागर्त आश्रमका समरक्षक स्वामी ध्यानगंगनले गंगाजलमा मूर्तिको स्नान गराउनु भएको थियो । 

मूर्ति स्थापनाले जलेश्वर धामको सुन्दरता संगै तिर्थको रुपमा थप विकाश हुने जलेश्वर धामका उपाध्यक्ष घनश्याम पौडेलले बताउनु भएको छ । जलेश्वर धामले वाणगंगा नगरको पर्यटनको विकाशमा पनि ठुलो योगदान गरेको संस्थाका सचिव गोविन्द थापाले बताउनु भयो ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६