प्रदेश

खुल्ने भयो लाइसेन्सको ट्रायल



भक्तपुर  १ भदौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिस गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिस गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।

निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए ।

‘निषेधाज्ञापछि सीसीएमसीले विस्तारै आवश्यक क्षेत्र खुलाउँदै गएको छ,’ उनले भने, ‘विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिसपछि सीसीएमसीले गर्ने निर्णयले नै ट्रायल खुल्छ-खुल्दैन भन्न सकिन्छ ।’

विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै परीक्षा ट्रायलका लागि परेका आवेदनमध्ये ४ लाखले परीक्षा दिन बाँकी छ ।

ट्रायलको हुने अन्योल भएपछि आवेदन अलपत्र परेका छन् । अन्य क्षेत्र विस्तारै सामान्य बन्दै गएकाले ट्रायल पनि खोल्ने तयारी विभागले गरेको होे । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिस गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिस गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । आर्थिक अभियान दैनिकबाट

प्रकाशित : १ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६