अर्थ-वाणिज्य

ठाकुर गैरेले माधव नेपाललाई विष पिउन किन भने? घनश्यामले ओलीलाई भेटेर के भने?



काठमाडौं, १ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताका लागि अन्तिम प्रयास गर्दैछ । अध्यक्ष ओलीसँग छलफलका लागि नेता घनश्याम भुसाल अहिले निवास बालकोटमा पुगेका छन् । नेता जगन्नाथ खतिवडाका अनुसार ओलीसँग एकताको अन्तिम प्रयास भइरहेको छ । उनी नसच्चिए आफूहरु निर्णय गर्न बाध्य हुने बताए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् । काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको जानकारी गराएका हुन् । त्यसका लागि उपमहासचिव घनश्याम भुसालले संवाद गरिरहेको समेत नेता नेपालले जानकारीदिए ।

तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोलेका थिए । उनले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गरेका छन् ।

प्रकाशित : १ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६