काठमाडौं, १ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताका लागि अन्तिम प्रयास गर्दैछ । अध्यक्ष ओलीसँग छलफलका लागि नेता घनश्याम भुसाल अहिले निवास बालकोटमा पुगेका छन् । नेता जगन्नाथ खतिवडाका अनुसार ओलीसँग एकताको अन्तिम प्रयास भइरहेको छ । उनी नसच्चिए आफूहरु निर्णय गर्न बाध्य हुने बताए ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताएका छन् । काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको जानकारी गराएका हुन् । त्यसका लागि उपमहासचिव घनश्याम भुसालले संवाद गरिरहेको समेत नेता नेपालले जानकारीदिए ।
तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उनले बताएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोलेका थिए । उनले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया