अर्थ-वाणिज्य

कोभिड प्रभावित सञ्चारक्षेत्रलाई राहात दिन चुक्यो सरकार



कपिलवस्तु २ भदौ । कोभिडले थला परेका सञ्चारमाध्यमलाई सरकारले विशेष राहातको प्याकेज ल्याउनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले बताउनु भएको छ । कोभिड १९ ले सञ्चारमाध्यम र सञ्चारकर्मीमा पारेको असर विषयक राखेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताउनु भएको हो ।अन्य ठाउँमा राहतका प्याकेज ल्याउने सरकारले राज्यको चौथो अंगमा असर पर्दा कुनै सहयोग नगर्नु दुःखद भएको उहाँले जनाउनु भयो ।


कोभिडका कारण धैरै सञ्चारकर्मी बिस्थापित समेत भएको जिकिर गर्दै मिडियाको विकासमा सरकारले सहयोग पुर्याउनु पर्नेमा केन्द्रीय सदस्य पाण्डेले जोड दिनु भयो । संघिय , प्रदेश र स्थानिय तिनै तहका सरकाले मिडियाको विकासमा लगानी लगाउन ढिलो गर्न नहुने बताउनु भयो । उहाँले अगाडि भन्नु भयो , “कोभिडले सञ्चार हाउस संक्रमित भएका छन , त्यहाँ काम गर्ने सञ्चारकर्मी आइस्युमा छन। यस तर्फ सरकारको ध्यान जानु पर्छ”  कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले तलब नदिने मिडिया हाउसमा काम नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नु भयो ।पत्रकार दक्ष हुनु पर्ने र मिडिया हाउसले पारिश्रमीक राम्रो दिनु पर्ने उहाँले जनाउनु भयो । तलब दिन नसक्ने तर  मिडिया खोल्ने प्रवृत्ति बढेको भन्दै अब मिडिया हाउस मर्जरमा लैजानु पर्ने अध्यक्ष गिरीले औल्याउनु भयो । अब मिडियाले स्रोता र पाठकलाई नयाँ खुराकी दिनु पर्ने जनाउनु भयो ।


अकोराबका लुम्बिनी प्रदेशका अध्यक्ष राजु खरालले मिडियाको विकास गर्न स्थानिय तह चुकेको बताउनु भयो ।अन्य स्थानमा ठुलो बजेट खर्च गर्ने स्थानिय तह मिडिया प्रति जिम्मेवार बन्न नसकेको औल्याउनु भयो । उहाँले अगाडि भन्नु भयो , “हरेक स्थानिय तहले सञ्चार क्षेत्रको विकासको लागि एउटा मिडिया हाउसलाई  वार्षिक नितिगत रुपमै २० लाख बजेट छुट्याउनु पर्छ ” ।  सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ ले सञ्चार क्षेत्रमा ठुलो असर परेको बताउदै मिडियामा चाहिने उपकरणहरु सरकारले निशुल्क उपलब्ध गराउनु पर्ने जनाउनु भयो । नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष डिलाराम भुषालले पत्रकारहरुले सत्य तथ्य सामग्री स्रोता र पाठक समक्ष पुर्याउन पर्ने बताउनु भयो ।

कोभिडले अप्ठ्यारोमा परेका मिडिया हाउस र सञ्चारकर्मीलाई सरकारले सहयोग पुर्याउनु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान वज्राचार्यले  कोभिडले समस्या पारेका पत्रकारलाई संघले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग पुर्याउने बताउनु भयो । संघका कोषाध्यक्ष मोहन बेल्बासेको सञ्चालनमा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष मनोज पौडेलले कोभिडले पारेको असरका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा जिल्लाको मिडियाको अवस्थाका बारेमा चर्चा गरिएको थियो ।

 चाँदनी नेपाल रुपन्देहीको आयोजना नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा भएको कार्यक्रममा मानवअधिकारकर्मी रबि ठाकुर , युनियनका सभापति गोपाल भण्डारी  , रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुल्शिराम यादव , रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल , रेडियो वुद्धआवाजका सरिता थारु , वुटवल टुडेका खगप्रसाद चापागाई लगायतले बोल्नु भएको थियो । 

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६