अर्थ-वाणिज्य

माछो माछो भ्यागुतो :माधवले धेरै नेता गुमाएर नयाँदल गठन गरे



काठमाडौं, २ भदौं । लामो समयदेखिको एकता प्रयासका वावजुद अन्ततः नेकपा एमाले फुटेको छ ।एमाले फुटेर नयाँ पार्टी नेकपा एमाले समाजवादी विधिवत रुपमा दर्ता भएकोछ ।  अन्तत्वगोत्वा माधव नेपालले दोश्रो पुस्ताका धेरै हस्तीहरु गुमाएर तेश्रो पुस्ताका सिमित नेताहरुको नेतृत्व गर्दै पार्टी दर्ता गरेकाछन् । यसअघि नेता नेपालसँगै रहेका स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्रै साथ दिएका छन् भने बाँकी नेताहरुले नेपाललाई साथ दिएनन् ।

 तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् ।उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा गएनन् । दोस्रो पुस्ताका नेताहरुले साथ छाड पनि वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णयमा पुगेका  थिए सोही अनुसार दर्तापनि गरेका छन् ।  लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दलमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पु¥याएर दल दर्ता गर्न अघि बढेका छन् ।केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ ।

यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन हुँदैन । हामी एकताकै पक्षमा छौं ।’

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६