अर्थ-वाणिज्य

नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त



हेटौंडा, ३ भदौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् ।शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको सांसद अरुण नेपालले जानकारी दिएका छन् । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो ।

मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो । ‘वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा शाक्य नियुक्त हुनुभएको छ,’ सांसद नेपालले भने, ‘अहिले ९ बजेपछि शपथ ग्रहण   भयको छ ।’

मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डल समेत बनाइने उनले बताए । ‘ सानो मन्त्रिमण्डल पनि बन्छ र मुख्यमन्त्रीसँगै शपथ हुन्छ,’ सांसद नेपालले भने । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा माधव समुहले चलाएपनि त्यो तथ्यपूर्ण नरहेको वताइन्छ ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६