अर्थ-वाणिज्य

लुम्विनी प्रदेशका सभामुख बिरुद्ध रोष्टमवाट चर्काे नारावाजी



बुटवल  ३ भदौ । लुम्बिनी प्रदेशको प्रतिपक्ष नेकपा एमालेले सभामुख पुर्णवहादुर घर्ति विरुद्ध चर्काे नारावाजी सहित रोष्टम घेरेर प्रदेश सभाको बैठक निरन्तर अवरुद्ध गरेको छ । एमालेले आफ्ना सांसदलाई गरेको कारवाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूर्णबहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरु अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि े बैठक पनि स्थगित गरिएको सभामूख घर्तीले जानकारी दिए ।

एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु अजयबहादुर शाही र विमला वलीले राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारवाही गरेको पत्र सभामूखलाई बुझाइसकेको छ । उक्त पत्र सभामूखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।  बैठकमा प्रतिपक्षका सांसदहरुको नारावाजीका बीच सभामुख घर्तीले कारवाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने बताए । उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारवाहीका लागि थप आवश्यक काजगपत्रहरु समेत पेश गर्न आग्रह गरेको बताए । 

तर, एमालेका सांसदले भने सभामुख निष्पक्ष नभएको भन्दै नारावाजी गरेका छन् । रोष्ट्रम घेराउ गर्दै उनीहरुले संसदीय सर्वोच्चतालाई कायम राख्न सभामूख निष्पक्ष हुनुपर्ने माग राख्दै तत्काल कारवाहीको पत्र पढेर सुनाउन माग राखेका छन् । सदन निरन्तर अवरुद्ध भएपछि प्रदेश सभामा अध्यादेश पेश हुन पाएका छैनन् ।

अधिवेशनको पहिलो बैठकमा प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूचि भएपनि सदन अवरुद्ध भएका कारण पेस हुन पाएका छैनन् ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६