अर्थ-वाणिज्य

एमालेका यूवा-बिद्यार्थी सडकमा : आन्दोलन चर्काउने चेतावनी



कपिलवस्तु ३ भदौ । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेका  यूवा तथा विधार्थी कार्यकर्ताहरुले  सडक प्रदर्शन गरेका छन् ।  एमालेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियू कपिलवस्तुको सयुक्त आयोजनमा कपिलवस्तुमा बिरोध प्रर्दशन भएको छ । बिरोध प्रर्दशनमा अध्ययादेश फिर्ता गर, जयसिह धामीलाई न्याय दे, ,मापसे सरकार मुर्दाबाद ,सुकुम्बासी आयोग गठन गर ,एमसिसी चाहिदैन देश बेच्न पाईदैन लगाएतका नाराहरु लगाएका थिए । 

बुद्धभुमि गोरुसिंगे अर्घाखाँची चोकदेखी शुरुभएको बिरोध प्रर्दशको रयाली गोरुसिंगे बजारमा गई कोण सभामा परिणत भएको  थियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्यि युवा संघ नेपालका स्थायी कमीटी सदस्य गोपालमणी ज्ञवाीलले अध्यादेश फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । राष्ट्यि युवा संघका केन्द्यि सदस्य बिकास आचार्यको सञ्चालमा कोण सभा सम्पन्न भएको थिया । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।




प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६