कपिलवस्तु ३ भदौ । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेका यूवा तथा विधार्थी कार्यकर्ताहरुले सडक प्रदर्शन गरेका छन् । एमालेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियू कपिलवस्तुको सयुक्त आयोजनमा कपिलवस्तुमा बिरोध प्रर्दशन भएको छ । बिरोध प्रर्दशनमा अध्ययादेश फिर्ता गर, जयसिह धामीलाई न्याय दे, ,मापसे सरकार मुर्दाबाद ,सुकुम्बासी आयोग गठन गर ,एमसिसी चाहिदैन देश बेच्न पाईदैन लगाएतका नाराहरु लगाएका थिए ।
बुद्धभुमि गोरुसिंगे अर्घाखाँची चोकदेखी शुरुभएको बिरोध प्रर्दशको रयाली गोरुसिंगे बजारमा गई कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्यि युवा संघ नेपालका स्थायी कमीटी सदस्य गोपालमणी ज्ञवाीलले अध्यादेश फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । राष्ट्यि युवा संघका केन्द्यि सदस्य बिकास आचार्यको सञ्चालमा कोण सभा सम्पन्न भएको थिया । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।
प्रतिक्रिया