अर्थ-वाणिज्य

एकैदिन २ पालिकामा उस्तै सेवा-सुविधा शुभारम्भ: बुद्धभूमी र शिवराजको नयाँ प्रयास



चन्द्रौटा ५ भदौ । कपिलवस्तुुको दुई स्थानिय तहमा साप्ताहिक रुपमा निशुल्क आँखा जाँच सेवा सुरु गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत सामुदायिक अस्पताल चन्द्रौटा र बुद्धभुमी नगरपालिकामा उक्त सेवा सुरु गरिएको छ । नेपाल नेत्र ज्योती संघ छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुगञ्जको प्राबिधिक सहयोगमा दुई वटा स्थानिय तहमा आज वाट साप्ताहिक आँखा उपचार सेवा सुरु गरिएको प्रशासकिय अधिकृत जसराज विकले बताउनुभयो ।

स्थानिय नागरिकहरुलाई आँखाको उपचार गर्न नजिक र सहज होस भन्ने उद्देश्यले सेवा संचालन गरेको बताउनुभयो । सुरुवात चरणमा साप्ताहिक र सेवाग्राहीको सख्या बढेमा दैनिक रुपमा सेवा प्रवाह गरिने विकले बताउनुभयो ।सेवा सुभारम्भ गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शरिरको संवेदनशिल अंङ्ग आँखा रहेकोेले यसको उपचार भरपर्दाे ठाउँमा छिटो छरितो गर्नुपर्ने बताउनुभयो । नारायणी आँखा अस्पताल बहादुगञ्ज सँग सहकार्य गरी पटक पटक आँखा शिविर संचालन गरिएको बताउँदै अब दैनिक सनिवार उपचार हुने बताउनुभयो ।

कपिलवस्तुका सबै स्थानिय तहहरु सँग सहकार्य गरी आँखाको उपचारको सेवा विस्तार गरिने अस्पतालका प्रमुख प्रशासक शम्सेर थापाले बताउनुभयो । यता बुद्धभुमि नगरपालिकामा जाँचको सेवा सुरुवात गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले आँखाका समस्या भएको बिरामीहरुले लाभ लिन आग्रह गर्नुभयो।सेवाको पहिलो दिन शिवराज नगरपालिकामा ३९ जना र बुद्धभुमि नगरपालिकामा ८७ जनाले सेवा लिएका छन् ।कार्यक्रममा अस्पतालको चिफ मेडिकल डाइरेक्टर सुभलक्ष्मी कटुवाल,नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेशम वहादुर खड्का,संजिवनी अस्पतालको अध्यक्ष टोपलाल पोख्रेलको सहभागिता रहेको थियो ।

प्रकाशित : ५ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६