पर्यटन

माधव नेपालको नयाँ पार्टीको चन्द्रागिरी रिसोर्टमा आवासीय बैठक, ६० कोठा बुक



काठमाडौं, ७ भदौं । एमालेबाट विभाजित भई बनेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।

बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूलाई दायाँ–बायाँ हुन् नदिने उद्देश्यले उनीहरूलाई एकत्रित गरी आवासीय भेलामा राख्न लागिएको हो । नेपाल पक्षका नेताहरुलाई राख्नका लागि आज (सोमबार) करिब ६० कोठा बुकिङ गरिएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् ।

आजै (सोमबार) ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोट सहमति भएको छ । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्ने देखिएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँ–बायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् ।

‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं,’ स्रोत भन्छ, ‘तर ४० देखि ६० जनाका लागि सोमबार राति बस्ने गरी कोठा बुकिङ भएको छ ।’ यता नेता नेपाललाई साथ नदिएका नेताहरुसँगको बालकोट वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयनका लागि सैद्धान्तिक सहमति जनाएका छन् । १० बुँदे सहमति अनुसार अघि बढ्न ओली तयार भएपछि मंगलबार स्थायी कमिटी वैठक बोलाइएको छ । वैठकले पार्टी एकताका लागि आह्वान गर्ने बताइएको छ ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६