प्रदेश

१० बुँदे कार्यान्वयले कपिलवस्तुमा २ पदाधिकारी सहित २३० सदस्यको पद गुम्ने :३ जना पदाधिकारी पुनरवहाली



कपिलवस्तु ९ भदौ ।  एमाले स्थायी कमिटीले २०७५ जेठ २ को अवस्थामा फर्कन प्रदेश र जिल्ला कमिटीहरुलाई निर्देसित गरेसंगै कपिलवस्तुमा हालको जिल्ला कमिटीका २३० जना जिल्ला कमिटी सदस्य नेतृत्ववाट वाहिरीने भएका छन् । उक्त मितिमा एमाले कपिलवस्तुको १२१ सदस्यीय जिल्ला कमिटी रहेको थियो । अहिले पछिल्लो अवस्थामा ३५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति बनेको छ । 

२०७५ जेठ २ मा फर्कदा पुन १२१ जनाकै जिल्ला कमिटी हुने भएपछि २३० जना वहिर्गमनमा पर्ने भएका हुन् । एमाले कपिलवस्तुको हाल संयोजकको रुपमा  नेतृत्व गर्नु भएका झविलाल पोख्रेल तत्कालिन रुपमा अध्यक्ष रहेकाले पुनस्थापित हुने कमिटीको नेतृत्व समेत उहाले नै गर्नु हुने छ । हाल सहसंयोजक डम्मर शर्मा तत्कालिन रुपमा जिल्ला सचिवालय सदस्य रहेकाले उहा सोही अनुसार पुनस्थापित हुने स्थिती देखिएको छ । 

जेठ २ ,२०७५ भन्दा अगावै उहा प्रदेश कमिटीमा मनोनित भएकाले शर्माले प्रदेश कमिटीमा रहने की जिल्लामा भनेर रोज्न सक्ने विकल्प समेत रहेको वताइन्छ । शर्माले पार्टी केन्द्रको  निर्णय स्वागत योग्य छ यसको कार्यान्वय हुन्छ भन्दै सरसल्लाहमा आफू जहा बस्न परेपनि सहर्ष स्वीकार्य हुने वताउनु भयो । 

१० बुद्धे कार्यान्वयन संगै जेठ २ अघिको अवस्थामा एमालेका कमिटी रुपान्तरण हुदा कपिलवस्तु एमालेको जिल्ला उपाध्यक्षमा हाल जिल्ला सचिवालय सदस्य रहनु भएका बाबुराम खनाल पुनरवहाली हुनुहुनेछ । त्यसैगरी सचिवमा वावुराम आचार्य र उपसचिवमा विश्राम प्रसाद चौधरी  पुनरवहाली हुनु भएको छ ।हालको सचिव धर्म भुसाल जिल्ला सदस्यका रुपमा जिम्मेवारीमा रहनु हुनेछ । 

हालको जिल्ला सम्मेलन आयोजक कमिटीमा रहेका तर जेठ २ मा फर्कदा नेतृत्ववाट वाहिरीने २ सय बढी नेतालाई कमिटीले उचित जिम्मेवारी दिने अध्यक्ष झविलाल पोख्रेलले वताउनु भयो । एमालेको विवाद समाधानसंगै आएको निर्देशन कार्यान्वयन गर्न कुनै ढिलाई नहुने वताउदै तत्काल पुनस्थापित कमिटीको बैठक आवहान हुने अध्यक्ष पोखरेलले वताउनु भयो । 

  

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६