अर्थ-वाणिज्य

एमालेको अडान नफेरीएकाले प्रदेश सभा १३ दिन स्थगित



बुटवल १७ भदौ।एमालेले आफ्नो अडान कायम नै रहेको जनाएपछि बिहिबारका लागि आह्वान भएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः १३ दिनका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।प्रदेश सभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकाले भदौ १७ गतेका लागि आह्वान गरिएको बैठक भदौ ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्घ गर्ने अडानलाई यथावत राखेको छ । नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

अदालतले नेकपा खारेज गरेपछि प्रदेश सभा सदस्य वलीले नेकपा माओवादी केन्द्र रोजेकी छन् भने शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकाले एमालेको ह्वीप नलाग्ने दावी गर्दै आएका छन् ।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६