अर्थ-वाणिज्य

कपिलवस्तु कै नेता भौतिक योजना मन्त्री बनेका बेला जिल्लाको कायापलट नभए कहिले हुने :मुख्यमन्त्री केसी .



चन्द्रौटा १७ भदौ ।कपिलवस्तु पछि परेकाले समग्र कपिलवस्तुको कायापलट होस भनेरै यहाका नेतालाई भौतिक योजना मन्त्री बनाएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले दावि गर्नु भएको छ । उहाले जसपाका नेता सहसराम यादव भौतिक योजना मन्त्री बनेको प्रति संकेत गर्दै भन्नु भयो जिल्ला पछि परयो त यहाका मन्त्रीले विशेष पहल गर्नुहोला हामी पनि त्यसलाई सकारात्मक रुपमा लिउला र जिल्लालाई समृद्ध पारौला भन्ने आश्वासन दिनु भयो । 

मुख्यमन्त्री केसीले गठबन्धन सरकारले कपिलवस्तुको मानव विकास सुचकांक उकास्ने बताउनु भयो । मानव सुचकांकमा पछाडि परेको जिल्लालाई अहिलेको सरकारले विशेष प्राथमिकता दिदै सबै क्षेत्रमा विकास गर्ने जनाउनुभयो । तिलौराकोट जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरु कपिलवस्तुमै रहेकोले यहाको विकासको लागि सरकारले प्राथमिता दिएको बताउनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जसपा साँस्कृतिक महासंघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले गरिवीको अभावमा पिल्सिएका जनतामा कायापलट नआउँदा सम्म तीन तहको सरकारको कुनै औचत्य नरहेको प्रष्ट पार्नुभयो । संघियताको अर्थलाई सावित गर्न नसक्दा प्रतिगमनकारीहरुले टाउको उठाउन सक्ने भएकोले सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री केसीले जनता समाजवादी पार्टीलाई फुटाउन ठुलो शक्ति लागि परेको पनि स्मरण गर्नुभयो । तानशाहले केहि अवसरवादीहरुलाई प्रयोग गरेर आधिकारीक जसपा माथि प्रहार गरेको बताउनुभयो । यस भन्दा अगाडिको सरकारले तीन वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले छ महिनामा गर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा विना विभागिय मन्त्री पुरमती ढेगा मगर,सुमन शर्मा रायमाझी लगाएतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बिजयनगर गाउँपालिकाका विभिन्न क्षेत्र विकासको लागि जसपाका जिल्ला उपाध्यक्ष रामनिवास पुरीको नेतृत्वमा योजना माग गरिएको छ । 

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६