अर्थ-वाणिज्य

चोरी रोक्ने जिम्मा टोल विकास सस्था र प्रहरीलाई



कपिलवस्तु १७ भदौ ।  बाणगंगा नगरपालिकाले नदी जन्य पदार्थको चोरी निकासी ब्यापक भएपछि यसको रोकथाम र निगरानीका लागि टोल विकास सस्थालाई बढी जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । टोल विकास सस्थाले प्रहरीको सहयोगमा रोकथामको ब्यवस्था मिलाउन आग्रह  गरेको छ । यस अघि प्रहरीले चोरीनिकासी रोकथामको काम गर्दै आएकोमा प्रभावकारी नदेखिएपछि टोल विकास सस्थालाई प्रहरी संगै सहकार्य र अगुवाई गर्ने अख्तियारी प्रदान गरेको हो । 

नगरको  कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो नगरपालिकाको आफ्नै सभाहलमा भएको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको प्रबक्ता विष्णु पौडेलले जानकारी दिनु भयो । बैठकले गत बिहिवार १० भदौमा अविरल बर्षा आउँदा आएको बाढीले नगरपालिकाभित्रका सम्पूर्ण वडाहरुमा भएको क्षतिको विवरण  वडा अध्यक्षले नगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको छ ।

यस्तै राज्यबाट जनप्रतिनिधिले प्राप्त गर्ने ५ दिन बराबरको सेवा सुविधा र श्रेणी तहका कर्मचारीको ५ दिन तथा श्रेणी विहिन कर्मचारीले २ दिन बराबरको तलव नगरपलिकाको विपद व्यवस्थापन कोषमा राख्ने बैठकले निर्णय गरेको छ । ५ बर्षे आवधिक विकास निर्माण योजना तयारीका लागी यही भदौ २५ र २६ गते विषयविज्ञ नेपाल सरकारका मुख्य सचिव शोमलाल सुवेदीलाई परिक्षकको रुपमा बोलाउने निर्णय गरेको छ । 

यस्तै नगरपालिकाले वडाहरुमा सो विषयमा छलफल समेत गर्ने भएको छ । बैठकमा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरु, नगरपालिका पादाधिकारी लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६