प्रदेश

यूवासंघमा मधेसी यूवाको आकर्षण उच्च, माधवलाई जनताले दण्डीत गर्छन :सांसद घिमिरे



कपिलवस्तु १८ भदौ । एमालेकी केन्द्रिय नेतृ एवम राष्ट्रिय सभा सदस्य विमला घिमिरेले माधव नेपाल नेतृत्वको पार्टीले आउने चुनावमा एक्लै लडेर एकसीट पनि जित्न नसक्ने ठोकुवा गर्नु भएको छ । उहाँले एमालेवाट जित्ने आफ्नो सरकार ढालेर कांग्रेसको सरकार वनाउदै रमाउने माधव नेपाललाई आउदा दिनमा जनताले दण्डीत गर्ने वताउनु भयो । 


राष्ट्रिय युवासंघ नेपाल कपिलवस्तुको तौलिहवा नगर स्तरीय भेला तथा अधिबेशनलाई संवोधन गर्दै उहाँले यस्तो वताउनु भएको हो । सांसद घिमिरेले एमाले फूटाउन जुन ढंगका देशी विदेशी शक्ति लागि परे त्यस अनुसार हुन नसकेपछि अहिले पनि एमाले प्रति चौतर्र्फी प्रहार हुने क्रम नरोकिएको वताउनु भएको छ । 

यस्तै एमालेका यूवा नेता एवम प्रदेश सांसद विष्णु पन्थीले एमालेले थोरै नेता कार्यकर्ता गुमाए पनि जनताको विश्वास आसा , भरोसा र विश्वास  नगुमाएकाले फेरी पनि चुनाववाट केन्द्रिय सत्ता हात पार्नेमा कुनै शंका नरहेको वताउनु भयो । उहाँले माधव नेपाल लगायतका नेता पछुताएर फेरी पार्टीमा फर्कनुको कुनै विकल्प नभएको समेत स्पष्ट पार्नु भयो । केहि साथीहरु जनताको भावना नबुझी अर्काेदल वनाएर  जानु भएको छ ।


अवको चुनावमा जनताले दिने सजाए भुक्तान गरेर फेरी एकता प्रकृयामा आउनु हुन्छ भन्दै छाडी जानेलाई के भन्नु र खोई भन्ने उखान सुनाउनु भयो ।भेलामा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले वोल्दै कपिलवस्तु नगरमा यूवाहरुको यति ठूलो उत्साह देख्दा सिंगो पार्टी पक्ति उत्साहित भएको वताउनु भयो ।


उहाँले भन्नु भयो एमाले राजमार्गमा मात्र केन्द्रित छ भन्ने मान्यता तोडिएको र सिमा क्षेत्र सम्म एमालेको गढ बन्दै गएको वताउनु भयो ।


युवासंघका  जिल्ला सचिव श्याम सुवेदीको अध्यक्षता, एमालेका नगर सचिव श्याम प्रजापतिको संचालन र एमालेका जिल्ला सदस्य सुन्दर पाण्डेको स्वागत मन्तब्य बीच आयोजना भएको यूवासंघको नगर भेलालाई संबोधन गर्दै एमालेका प्रदेश कमिटी सदस्य एवम पूर्व सांसद शान्तिदेवि हरिजन , जिल्ला उपाध्यक्ष वावुराम खनाल , नगर  सह इन्चार्ज बिमल सारु मगर ,जिल्ला नेता किरण देवकोटा ,नगर अध्यक्ष भेषराज पाण्डे लगायतले कपिलवस्तु नगरपालिकामा आगामी चुनावमा एमालेलाई सत्तासिन तुल्याउन  यूवापंक्ति जुरमुराएको  दावि गर्नु भयो ।


 भेलामा नगरका १२ वटै वडावाट २०० वढी अगुवा कार्यकर्ताको सहभागिता थियो । भेलातथा अधिबेशनवाट नारायण प्रसाद पौडेलको अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटी निर्वाचित  भएको छ । 

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६