अर्थ-वाणिज्य

मानव बेचबिखन र ओसार पसार विरुद्ध सचेतना शिविर



कपिलवस्तु २१ भदौ । शान्ति पुनस्थापना गृह कपिलवस्तुको आयोजनामा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध किशोरीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा १ का ४० जना महिला तथा किशोरीहरुलाई मानव बेचविखनमा नेपालको पछिल्लो अवस्था र मुख्य कारणहरुको विषयमा छलफल गरिएको हो । वडा  न १ को सहयोगमा आयोजित उक्त कार्यक्रममा वोल्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले महिला किशोरीहरु सचेत नहुदाँ सम्म यस्ता घटनाहरु भइरहने बताउनुभयो ।

रोजगार,पैसा,विवाह लगाएतका प्रलोभनमा परि वाहिरी मुलकहरुमा लैजाने र त्यहा बन्धक शोषण गर्ने गरेको बताउनुभयो । नगरका किशोरीलाई पटक पटक उद्धार गरिएकोले अब यस्ता घटनाहरु दोहोराउन नहुने बताउनुुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले मानव बेचविखन न्यूनिकरण गर्न शान्ति पुनस्थापना गृहको योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । 

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले किशोरी तथा महिला सचेत भएमा मानव बेचविखन स्वतः घटने बताउनुभयो । समाजिक संजालको दुरुपयोगका कारण पनि नेपाली महिलाहरु बेचिन पुगेको बताउनुभयो । वडा अध्यक्ष जगत जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमिराज भट्टराईले पछिल्लो मानव बेचविखनको अवस्था, बेचविखनको कारण लगाएतको विषयमा प्रशिक्षण दिनुभएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरि निरिक्षक संकर आचार्यले कानूनि व्यवस्थाको वारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६