बुटवल २२ भदौ । नेकपा एमालेका नेता विष्णु पौडेल र टोपबहादुर रायमाझीले केही दिन अघि गएको पहिरोले क्षती पुर्याएको चुरे क्षेत्र र बाढीले क्षती पु्र्याएको बुद्धनगर क्षेत्रको अवलोकन गरेका छन्।नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकमा सहभागी हुन सोमबार बिहान बुटवल आएका नेताद्वयले दिउसो ज्योतिनगर पहिरोको अवलोकन गरेका हुन् ।एमालेको प्रदेश कमिटी बैठकले लुम्विनी प्रदेशका १२ वटै जिल्लामा १० बुँदे सहमति कार्यान्वयनको खाका तयार पारी निर्देशन जारी गर्नेछ।
भदौ १३ र १४ गतेको अबिरल बर्षाका कारण बुटवलको ज्योतीनगर क्षेत्रमा पहिरो गई बस्तीमा क्षति पु¥याएपछि नेताद्वय पौडेल र रायमाझी यस क्षेत्रको अवलोकनका लागि आएका हुन्।२३ बर्ष पछि फेरी दोहोरीएर आएको पहिरोले बुटवलका वडा नं ३ र ४ अन्तरगत ज्योतिनगर क्षेत्रमा रहेका १० घरमा क्षति पु¥यायो भने ६० भन्दा बढी घरमा लेदो पसेको थियो।
२०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो।यो अवधिमा पहिरो नियन्त्रणका लागि भन्दै राष्ट्रपति चुरे संरक्षण समितिको नाममा करोडौं लगानी भएको बताईएपनी सो लगानी सबै खेर गएको छ।
बुटवल उपमहानगरपालिकाले गोलपार्क ज्योतिनगर लक्ष्मीनगर जोड्न सडक निर्माणका लागि चुरेमाथि डोजर लगाएपछि पहिरोले झनै जोखिम बढाएको बिज्ञहरुले बताउदै आएका छन्। अहिले झरेको पहिरोले उक्त सडक पनि बगाएको छ।तर त्यस बेला मुआव्जा लिएर बुटवलको तामनगरमा पुर्नस्थापित गरिएका ५७ घर समेत सोही ठाउमा बस्दै आएका थिए।
पहिरोको निरीक्षण गर्दै नेता पौडेलले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकारलाई गम्भिर भएर लाग्न आग्रह गरे । उनले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भिर भएर लाग्नुपर्ने बताए।‘यसको नियन्त्रण र बस्ती सुरक्षा कसरी गर्न सकिन्छ । आवश्यक बजेट र प्रविधि तथा जनशक्ति परिचालनका लागि सरकारले हेलचक्राई गर्न पाउँदैन म त्यसको पहल गर्छु उनले भने ।
पौडेलले आगामी संसदको अधिबेशनमा यो महत्वपुर्ण विषयको रुपमा उठाउने बताउदै पहिरोबाट नागरिकमा भएको पिडा कम गर्न स्थानिय, प्रदेश र संघ सरकारले महत्वपुर्ण कदम चाल्नुपर्ने बताए।बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले अहिले पहिरो गएको क्षेत्रमा हिलो निकाल्ने काम भइरहेको र पहिरो नियन्त्रणका लागि राष्ट्रपती चुरे कार्यक्रममा मार्फत समन्वय भइरहेको जानकारी गराएका थिए।
प्रतिक्रिया