बुटवल २३ भदौ। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन भएको नभई नयाँ जिवनको शुरुआत गरेको बताएका छन्।प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विभाजन नभई काँचुली फेरेर नयाँ जीवन पाएकोले अब नयाँ उत्साहका साथ अगाडी बढ्ने बताएका हुन्। उनले पार्टीबाट छुटेर गएकाहरु नआएपनि एमाले सिंगो र बलियो पार्टी भएर अगाडि बढ्ने बताए।मा। धव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कुनै सिद्धान्त र विचारले नभई लोभ र अवसरवादीहरुले बनाएको समूह भएको बताए।उनले सरकारले एमाले फुटाउनकै लागि दलसंग सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई संसदबाट पास गर्न चुनौति दिए।
२३ भाद्र २०७८, बुधबार
प्रतिक्रिया