प्रदेश

रूपन्देहीमा देउवा समूहमा २ टिम, पौडेल समूह सर्वसहमत



बुटवल २५ भदौ। नेपाली कांग्रेस रुपन्देहीको नेतृत्व चयनका लागि भरत कुमार शाह र अब्दुल रज्जाकको भुमिका निर्णायक हुने देखिएको छ।रुपन्देही कांग्रेसको नेतृत्व हात पार्नका लागि केन्द्र देखिकै सभापती शेरबहादुर देउवा र रामचन्द्र पौडेलको गरी दुई समुह सक्रिय रहेको देखिएपनि भने देउवा समुहकै भरत कुमार शाहले आफ्नो स्थान खोज्ने रणनितीमा जिल्लामा नया गुट श्रृजना गरेका छन्।

रुपन्देही कांग्रेसको सभापतीका लागी देउवाको समुहबाट गृहमन्त्री समेत रहेका बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण खांण,फणिन्द्र शर्मा र युवराज गिरी तथा पौडेलको समुहबाट अष्टभुजा पाठक, थानेश्वर घिमिरे, राम बहादुर कार्की र रामचन्द्र ढकाल आकांक्षी रहेका छन्।

फणिन्द्र शर्मा रुपन्देही कांग्रेसका उपसभापती हुन भने रामकृष्ण खांण कांग्रेस रुपन्देहीका सचिव हुन्। पुर्व जिल्ला बिकास समिती अध्यक्ष समेत भैसकेका ढकाल नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापती समेत हुन् भने पाठक लुम्विनी प्रदेशसभा सदस्य हुन्।

ढकाल कांग्रेसको नेतृत्वमा पहुंच स्थापित गर्न नसक्दा सत्ता राजनितीबाट लामो समय टाढिनु परेको पिडालाई यसपटक कांग्रेस सभापती बनेर जोडिने प्रयत्नमा रहेका छन्। भने जिल्लामा पकड जमाउदै आएको खांण समुह कुनै हालतमा पनि जिल्ला नेतृत्व नछोडने रणनितीमा छ।

रुपन्देहीका सभापती अव्दुल रज्जाक अव आफु प्रदेश वा केन्द्रको नेतृत्वमा जानका लागि जिल्ला नेतृत्वमा नदोहोरीने मनस्थीतमा रहको र ढकालले सहमतीमा मात्रै सभापती हुने ईच्छा देखाएका कारण निर्वाचन नै हुने अवस्था भएका देउवा समुहमा बलिया देखिएका रामकृष्ण खांण र पौडेल समुहमा ढकाल पछिका बलिया पाठकका बिच प्रतिस्पर्धा हुने धेरैको अनुमान छ।

सुजपुरा काण्डमा सखाप हुन लागेको कांग्रेस नेतृत्वको ज्यान बचाउने गिरी परीवारलाई खुसी पार्न युवराज गिरीका भाई प्रजापाल गिरीलाई बुटवल सभापती दिएर युवराज गिरीलाई जिल्ला सभापतीको उम्मेदवार हुनबाट रोक्ने दाउमा खांण समुह छ।

यता पौडेल समुह भने देउवा समुहलाई मनाएर रामचन्द्र ढकाललाई सभापती बनाउने योजनामा लागेको छ। त्यसका लागि प्रदेश र नगर अध्यक्षहरुमा साटासाट गर्ने र आउदो स्थानिय निर्वाचनमा पालिका प्रमुखहरु समेत सर्त अगाडी सारेको छ।

शेरबहादुर देउवा समुह भित्रकै असन्तुष्ट शाह र रज्जाकलाई मनाउन सके मात्रै त्यो सुत्र काम लाग्ने भएकोले खाण समुह शाह र रज्जाकसंग छलफलमा जुटेको छ। देउवा समुह भित्रकै खांण, शाह र रज्जाक बिचको अन्तरसर्घर्षले पौडेल समुह उत्साहीत छ।

शाह र रज्जाकलाई मनाउन करीव ८ महिना पछि हुने स्थानीय तहको निर्वाचनमा दक्षिण क्षेत्रका पालिकाहरुमा शाह र रज्जाक निकटस्थहरुलाई बिना अवरोध उम्मेदवार बनाउने प्रलोभन खाण निकटस्थहरुले दिएको बुझिएको छ।

बिगतमा देउवा समुहका बिश्वासपात्र रज्जाक यसअघि खांण र सार्वजनिक लेखा समितीका सभापती भरत कुमार शाहको सहयोगमा जिल्लाको नेतृत्वमा आएको भएपनि पछिल्लो समय भने खांणसंगको दुरी टाढा रहेको कांग्रेस कार्यकर्ताहरु बताउछन्।

रज्जाक आफुलाई प्रदेशको नेतृत्वमा जसले सघाउछ उसैलाई सघाउने रणनितीमा रहेको उनी निकटहरु बताउछन्। उनलाई यसपटक पनि शाहले पुर्णसहयोग गर्ने रज्जाक निकटस्थहरु बताउछन्।

तराई क्षेत्रमा पकड जमाएका जिल्ला सभापती रज्जाक र लेखा समिती सभापती शाह समेत देउवा समुहकै भएपनि खांणको दवदवाका कारण जिल्लामा खुम्चिनु परेको महशुस गरेका छन्।

शाह र रज्जाक निकटहरु शेरबहादुर देउवा समुहका नाममा आफुहरुले सधै खांण परिवारलाई साथ दिदा जिल्लामा पछि परेको भन्दै यसपटक त्यो गल्ती नगर्न दवाव दिई रहेका छन्।

तराई क्षेत्रमा पकड जमाएका रज्जाक र शाह संघिय सरकार र लुम्विनी प्रदेश सरकारको मन्त्रिमण्डल बिस्तारमा आफ्ना निकटस्थहरुको सहभागीताका र प्रदेश समितीमा हुने सहयोगका आधारमा देउवा समुहलाई सहयोग गर्ने मनस्थीतीमा रहेका छन्।

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ को देवदह नगरक्षेत्र बाहेकको दक्षिण क्षेत्र र निर्वाचन क्षेत्र नं ४ र ५ मा रज्जाक र शाह निकटहरु एकलौटी रुपमा क्षेत्रिय प्रतिनिधी निर्वाचित भएको भन्दै उत्साहीत छन्।

शाहले बालकृष्ण खांणलाई चुनौती दिन संघिय सरकारमा प्रमोद यादवलाई मन्त्री बनाउनु पर्ने सर्त सहित उपसभापती सैनामैनाका फणिन्द्र शर्मालाई जिल्ला सभापतीको रुपमा अगाडी सार्ने रणनीतीमा छन्

जिल्लामा सबैभन्दा बढी क्षेत्री प्रतिनिधी मतदाताको रुपमा छनौट भएको रुपन्देहीको निर्वाचन क्षेत्र नं २ मा पौडेल समुहले बाजी मार्ने निश्चित छ भने क्षेत्र नं ३ मा देउवा समुह अगाडी देखिएको छ। क्षेत्र नं ३ मा साबिककै सभापती हरि लम्साल पुन अध्यक्ष दोहोरीने मनस्थीतीमा छन्।       तस्विर :समयचकरवाट 

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६