शिक्षा

एमालेले टुंगायो बिधान अधिवेशन प्रतिनिधि :को को हुनेछन् सहभागी?



काठमान्डौ २५ भदौ। नेकपा एमालेको विधान महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने भएका छन् । शनिबार बसेको स्थायी कमिटी बैठकले यसअघि असोज ४ देखि ६ गतेलाई तय भएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सार्दै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको टुंगो लगाएको हो को को हुन्छन् सहभागी ? 

केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारीहरु सदस्यहरु । केन्द्रीय अनुशासन आयोग ।केन्द्रीय लेखा परीक्षण आयोग ।निर्वाचन आयोग ।केन्द्रीय सल्लाहकार परिषद ।जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरु ।केन्द्रीय विभागबाट सचिव लगायत १५ जना ।प्रदेश कमिटी र सो सरह मान्यता पाएका विशेष कमिटीका पदाधिकारी तथा सदस्यहरु ।जिल्ला कमिटी र जिल्ला कमिटी सरह मान्यता पाएका सो कमिटीका पदाधिकारी तथा सदस्यहरु ।
 भूगोलमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी एक महिलासहित एक पुरुष सदस्य ।
जिल्लाको प्रतिनिधित्व हुनेगरी कम्तिमा एकजना दलित सदस्य ।
पार्टीका जनवर्गीय प्रत्येक संगठनको केन्द्रीय पदाधिकारीबाट  १० जना ।पार्टीका प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख ।महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुख ।यी बाहेक १० प्रतिशत छुटेकाहरू केन्द्रीय कमिटीले मनोनित गर्ने ।  विधान महाधिवेशन सर्नुमा दस्तावेज तयारी गर्न समय अभाव भएको एमालेले जनाएको छ । त्यसका निम्ति असोज ३ र ४ गते स्थायी समिति बैठक बस्नेछ । असोज ३ र ४ गते बस्ने स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन पेश हुनेछन् ।         स्थायी समितिमा पेश भएका विभिन्न प्रतिवेदन असोज ८ र ९ गते बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । एमालेको विधानले प्रतिनिधि परिषद सदस्यहरु विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था गरेको छ । तर, एमालेमा प्रतिनिधि परिषद बनेको छैन । एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि प्रतिनिधि परिषद सदस्यको चुनाव नै भएको छैन ।   विभिन्न निर्वाचन, एकतालगायतका कारण प्रतिनिधि परिषद गठन नभएकाले विधानको बाधा अड्काउ फुकाउने व्यवस्था गरेर एमालेले प्रतिनिधि छनोट गर्ने भएको हो । त्यसका लागि केन्द्रीय कमिटी बैठकले विधानको बाधा अड्काउ फुकाउनेछ ।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६