कपिलवस्तु २७ भदौ। चाडपर्वको समयमा उपभोक्ताहरुलाई सहज ढङगले वस्तु उपल्बध गराउन उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेसराज पान्डेले आग्रह गर्नु भएको छ। कपिलवस्तुमा जिल्लामा उद्योग वाणिज्य संघहरूले यसका लागि अग्रसरता लिन समेत आग्रह गर्नुभएको छ। आ आफनो कार्य क्षेत्र भित्र रहेका सम्पुर्ण उद्योगी तथा व्यवसायीहरुलाई चर्को मूल्य नलिन र कृतिम अभाव नगर्न अनुरोध गर्दै अनुगमनवाट त्यसतो पाइए कडा कारवाहीका लागि उपभोक्ता हित संरक्षण मञ्च लागि पर्ने जानकारी दिएको छ। बजारमा तथ्य र यथार्थ परक अनुगम अघि बढाउन जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय र स्थानीय पालिकालाई अपिल समेत गरेको अध्यक्ष पाण्डेले बताउनुभयो।
२७ भाद्र २०७८, आइतबार
प्रतिक्रिया