कपिलवस्तु २८ भदौ। पूर्व पराराष्ट्रमन्त्री एवं नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवाली कपिलवस्तु आउने एमाले कपिलवस्तुले जनाएको छ । मंगलवार अपरान्ह ११ वजे सिद्धार्थ क्याम्पस वुङचीमा वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ कपिलवस्तु आउनेहुनु भएको हो । भेलामा नेकपा एमालेका जिल्ला सम्मेलन आयोजक कमिटीका ३५१ जना, १० वटै पालिका कमिटीका करिव ३०० जना , वडाकमिटीका पदाधिकारी , जनवर्गिय संगठनका केन्द्रिय तथा जिल्ला सदस्य ,निर्वाचित सांसद मेयर उपमेयर र वडाअध्यक्ष सहित करिव १००० अगुवा कार्यकर्तालाई भेला तथा प्रशिक्षणमा सहभागि गराउने एमालेले तयारी गरेको छ ।
आगामी चुनाव , वर्तमान सत्ता गठबन्धनका गैर जिम्मेवार गतिविधी , एमालेको भावि विधान अधिबेशन र वर्तमान समसामयिक परिस्थिती लगायतका बारेमा नेता ज्ञवालीले भेलामा सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्वासेले वताउनु भयो ।नेता ज्ञवाली मन्त्री हुदा समेत कुनै विवादमा नपरेका अत्यन्तै स्वच्छ छविका नेता हुनुहुन्छ भने कार्यकर्ता संग सहज शैलीमा प्रस्तुुत हुने वाक पटुता उच्च रहेका बौद्धिक र विष्लेषक नेताका रुपमा मानिनु हुन्छ । त्यहि भएर एमालेले अगुवा कार्यकर्ता भेलाको प्रशिक्षकका रुपमा उहालाई आमन्त्रण गरेको वताइएको छ ।
यता एमालेले यसै हप्ता २०७५ जेठ २को कमिटीको बैठक वोलाएर यो अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । बैठकमा नेताहरुको मात्र होइन अगुवा कार्यकर्ताको पनि उत्साहमा कुनै कमी थिएन । पार्टी फूटको अवस्थामा पनि नयाँ उत्साह हुनुका पछि मुलत ४ कारण थिए । पहिलो कपिलवस्तुका प्रदेश सांसद एवम प्रभावशाली यूवा नेता विष्णु पन्थी एमालेमै रहनु र हरेक महत्वपूर्ण कार्यक्रममा उपस्थित भएर पार्टी विभाजन विरुद्ध बोल्नु ।
दोश्रो कारणहो एकिकृत समाजवादीमा एमालेको विद्यमान जिल्ला कमिटीका ४ जना नेता मात्र जानु, जवकी ३५१ सदस्यीय कमिटीमा यो संख्या सून्य दशमलव सून्य प्रतिशतमा गणना हुन आउछ । यतिमात्र होइन निर्वाचित ११५ जना प्रतिनीधिमा १ जना माधवको पक्षमा सनाखत गरेकोमा २४ घण्टा नवित्दै झुक्काएर हस्ताक्षर गराएको भन्दै एमालेमै रहेको घोषणा हुनु उत्साह थप्ने अर्काे कारण हो ।
तेश्रो नेकपा एकिकृत समाजवादीका जिल्ला संयोजक बनेका लंक वहादुर हमाल, सदस्य मिना परियार , २ नम्वर क्षेत्रका इन्चार्ज दिनेश भनिने रुपेश श्रेष्ठ र ३ नम्वर क्षेत्रका इन्चार्ज ओम प्रकाश चौधरी गरी ४ जना जिल्ला कमिटी सदस्य त्यता लागेकोमा रुपेश श्रेष्ठ आइतवारको एमाले बैठकमा सहभागि भएर नेकपा एसपार्टीमा नलागेको घोषणा गर्नु उत्साहको अर्काे कारण हो ।
चौथो कारण हो एमालेले विद्यमान जिल्ला कमिटीका ३ जना अगुवा कार्यकर्ता गुमाउदा , माओवादी केन्द्रवाट २२ जना जिल्ला नेता एमालेमा भित्रिनु । साविक माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका गिरधारी लाल न्यौपाने एमाले मै रहेर प्रदेश सह इन्चार्ज बन्नु । उहाको नेतृत्वमा कपिलवस्तुमा माओवादी केन्द्रका २ सय ५० बढी संगठित पाटी सदस्य एमालेमा समाहित हुनु आदी । यी र यस्तै कारण एमालेमा फूटको चिन्ता होइन नयाँ उत्साह जोश र जागर देखा परेको छ ।
प्रतिक्रिया