कपिलवस्तु ५ असोज ।कांग्रेस कपिलवस्तुको ९६ वडामा असोज ७ गतेकालागि तोकिएको वडा अधिबेशनको तयारी पुरा भएको छ । यसअघि असोज ५ गतेकालागि तोकिएको वडा अधिबेशन समायोजन लिस्ट सयममा नआउदा असोज ७ कालागि तोकिएको हो । असोज ५ गते राति समायोजन लिस्ट आएपछि असोज ७ गते वडाको अधिबेशन हुने निश्चित भएसंगै तयारी समेत तीब्र पारिएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए ।
केन्द्रिय प्रतिनिधि घनश्याम पन्त अनुसार समयोजन लिस्टबाट कुल १९ सय ४९ जना नया क्रियाशील सदस्यहरुको नामावली आएको छ । यो नामावली नेताको भागबण्डा अनुसार आएको छ । जसमा अभिषेक प्रताप शाहको ७ सय २५, अजय थापाको २ सय २८, दीर्घनारायण पाण्डेयको ४ सय ११ र सुनिल थापाको ५ सय ५५ जनाको समायोजन लिस्ट आएका छ ।
अब नया क्रियाशील ७ हजार २५९ र नबिकरण ५६ सय ५४ जना गरी कुल १२ हजार ९१३ जना क्रियाशील सदस्य भएका छन । ९६ वडा अधिबेशनबाट १७ सय बढी क्षेत्रीय प्रतिनिधि छानिएर आउने केन्द्रिय प्रतिनिधि पन्तले बताए । शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खाले वडाधिबेनकालागि केन्द्रिय प्रतिनिधिलाई शिक्षकको लिस्ट पठाई सकिएको बताए ।
केन्द्रिय प्रतिनिधि पन्तले असोज ६ गते शिक्षकहरुलाई निर्वाचन संबन्धी अभिमुखीकरण गरी कार्यक्षेत्रमा पठाईने बताए । नियुक्ती पत्र, निर्वाचन निर्देशिका, निर्वाचन सामाग्री दिएर शिक्षकहरुलाई कार्यक्षेत्रमा पठाईने तयारी गरिएको उनले बताए । वडा अधिबेशन पछि बल्ल अर्कौ चरणको निर्वाचनमा आफुहरुले ध्यान केन्द्रित गर्ने उनले बताए ।
प्रतिक्रिया