बुटवल ७ असोज । बुटवल बसपार्कमा नि:शुल्क १ महिने आँखा, सुगर र ब्लड प्रेसर जाँच शिविर शुरु भएको छ। शिविरको बुधबार लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गर्नु भयो ।बस टर्मिनल सञ्चालनको जिम्मा पाएको प्रतिबिम्ब निर्माण सेवाको आयोजना, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको सहआयोजना, लायन्स आँखा अस्पताल र बुटवल आइ केयर प्रालिको विशेष सहयोग तथा ८ सहयोगी संस्थाको सहयोगमा १ महिनासम्म शिविर चल्नेछ।उद्घाटनपछि मन्त्री शाहीले निशुल्क रुपमा आँखा, ब्लड प्रेसर र सुगर परीक्षण गराउन थालिएको कामको प्रशंसा गरे।
कार्यक्रममा बोल्दै प्रतिबिम्ब निर्माण सेवाका अध्यक्ष हरि क्षेत्रीले शिविर गरिब तथा बिपन्नका लागि लाभदायक हुने बताए। शिविरलाई लायन्स क्लब अफ बुटवल मुक्तिनाथ, लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटि,लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दले सहयोग गरेका छन्।
प्रतिक्रिया