जीवनशैली

जन्मदिनको अवशरमा अस्पताल निर्माणमा सहयोग



माधव बेल्बासे,चन्द्रौटा कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ निवासी नेकपा एमालेका युवा नेता सरोज पौडेलले जन्मदिनको अवशरमा निर्माणाधिन अस्पताललाई सहयोग प्रदान गर्नुभएको छ । जिल्लाकोे शिवराज नगरपालिका वडा ९ मा निर्माणधिन रहेको शिवगढी जनस्वास्थ्य केन्द्रको निर्माणमा सहयोग होस भन्ने उद्देश्यले रु १० हजार सहयोग गर्नुभएको छ ।

उक्त रकमको चेक निर्माण समितिका अधयक्ष यादव चन्दलाई हस्तानतरण गर्दै नागरिकहरुलाई बचाउने स्वास्थ्य क्षेत्र रहेकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । यस क्षेत्र आसपास जुन ठाउँमा अस्पताल निर्माण भएपनि नगरवासीलाई सहज हुने पौडेलले बताउनुभयो । आफ्नै ३६ औ जन्मदिनको अवशरमा फजुल खर्च नगरि सामाजिक क्षेत्रमा सहयोग गरेको उहाँले बताउनुभयो ।

चेक बुझ्दै चन्दले शिवगढीमा अस्पताल निर्माण भएपनि नागरिकहरुलाई उपचारको लागि अन्य ठाउँमा जानुपर्ने वाध्यता हट्ने बताउनुभयो । पौडेलले जन्मदिनको अवशरमा अस्पताल निर्माणमा सहयोग गरेर सामाजिक कार्य गरेकोमा धन्यवाद दिनुभयो । चन्द्रौटा क्षेत्रमा बसेर जिल्लाको राजनिति सगै सामाजिक क्षेत्रमा सक्रिय पौडेलले यस भन्दा अघि विभिन्न युवा,विद्यार्थी,जेष्ठ सदस्य लगाएतलाई सहयोग गर्नुभएको थियो ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६