प्रदेश

तीन खर्बको आयात हुदा ४४ अर्बको निर्यात



काठमाडौं ९ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्कअनुसार दुई महिनामा रु ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ

गत आव २०७७/७८ को समीक्षा अवधिमा रु २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो भने रु एक खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महिनामा रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो ।

व्यापार घाटा दुई खर्ब ७० अर्ब
विभागले चालु आवको दुई महिनामा रु दुई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।

यस्तै पछिल्लो दुई महिनामा नेपालले रु तीन अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले रु एक खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

११८ देशबाट आयात
दुई महिनाको अवधिमा ११८ देशबाट रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट रु एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट रु ४२ अर्ब ८४ करोड ७५ लाख बराबरको आयात भएको छ । समीक्षा अवधिमा भारतमा रु ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा रु १५ करोड ८० लाख बराबरको निर्यात भएको छ ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६