प्रदेश

प्रहरीको सार्वजनिक सुनुवाई, बाणगंगाका गम्भीर समस्या समाधानमा जोड



कपिलवस्तु,९ असोज । इलाका प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक सुनुवाई गरेको छ । बाणगंगा नगरपालिका भित्र रहेका गम्भीर समस्या समाधान तथा हाल सम्म भएका प्रयासहरुको जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाइमा आफ्नो क्षेत्र भित्र हुने विभिन्न समस्याहरु निराकरण गर्न हरेक सरोकारवाला र नागरिकको भूमिका उल्लेखनीय रहने हुँदा जिल्ला प्रशासन, नगरपालिका, प्रहरी प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी, होटल व्यावसायी, मिडियाकर्मी लगायतको सहभागितामा बाणगंगा नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासा तथा प्रश्नहरुको उत्तर दिँदै वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरमा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने बताए । यस्तै अपराधहरु जति देखिन्छन् त्यती नै आफूहरु चनाखो हुनुपर्ने बताउँदै हाम्रो नगरपालिकाका गम्भीर समस्याहरुलाई समाधान गर्न अनवरत रुपमा अगाडी बढीरहेको स्पष्ट परे । यस्तै ट्राफिक जामका विषयमा नगर सचेत रहेको साथै छाडा चौपाया र फोहोर व्यावस्थापनमा निरन्तर रुपमा अगाडी बढेको जानकारि दिए । छाडा चौपाया व्यावस्थापन गर्न विषय गम्भीर रहेको र पूरै गाई व्यावस्थापन गर्न सक्ने नगरको क्षमता नभएकोले दूध खाने समयमा खाने र पछि छोडिदिने प्रवृत्ति भएका किसानहरुलाई नगरले कारबाही गर्न सक्ने बताउँदै स्थानीय तहले जति पैसाको खोलो बगाए पनि यो समस्या न्यूनीकरण गर्न निकै कठिन हुने उनको भनाई छ । समस्या नागरिकले पहिचान गर्ने र नगरले त्यसको विकल्प रोजी समाधानतर्फ लाग्ने नगरको जिम्मामा रहेको बताए । यस्तै न्यायिक समितिमा आएका मुद्दाहरु क्षेत्राधिकारभित्र रहेर हेर्ने गरिएको समेत उनले प्रष्ट परे ।

कार्यक्रममा प्रहरी उपरिक्षक दानबहादुर कार्कीले सहभागिहरुको जिज्ञासालाई समेट्दै लोकतन्त्रको चाहना अनुसार प्रहरी अघी बढेको र निरन्तर बढीरहने जनाए । जनताका हरेक समस्याहरुलाई उठान गर्नु सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्य भएकोले ती समस्याको समाधान गर्न प्रहरी कटीबद्ध रहने धारणा राखेका थिए । विश्वव्यापी भयावह रुपमा समस्याका रुपमा रहेको लागू औषध झ्याप्पै नियन्त्रण गर्न कठिन भएको र यसका लागि समय लाग्ने भएकोले २ वटा रणनीति लिएर अगाडी बढेको बताए । हत्या हिंसाका घटना तराई मूलमा बढी देखिएको र घटना न्यूनीकरण गर्न लक्षित समूहलाई सचेतना फैलाउने लक्ष्य लिएको  र दुर्घटना न्यूनीकरण गर्न चालक आफै चनाखो हुनुपर्ने उनको भनाई छ ।

यस्तै शसस्त्र प्रहरीबल २८ नं. बाहिनी प्रमुख धुर्व कुमार कार्कीले चोरी तस्करी लगायतका घटना न्यूनीकरणका लागि प्रहरी प्रशासन हर तरहले लाग्ने बताएका छन । प्रदेश र केन्द्रबाट नै नागरिकका हरेक समस्या समाधान गर्न प्रहरी तत्पर रहको उनको भनाई छ ।

कार्यक्रमको सहजीकरण गर्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङले २०७७।०७८ र २०७८।०७९ आश्विन सम्ममा प्रहरीले झै झगडा, चोरी शिकारी, मापसे कुटपिट, सवारी दुर्घटना,आत्महत्या, यौन दुव्र्यवहार लगायतका घटनाहरुको समपूर्ण विवरण प्रस्तुत गरेका थिए । यस्तै संचार सुधार र कार्यलय व्यवस्थापनमा अग्रसर रहेको बताउँदै सडकका विभिन्न ठाउँमा सिसि क्यामेरा समेत जडान गरिएको र भावी योजना बृहत्तर रुपमा अगाडी बढाउने योजना सहित ई. प्र. का. मा ब्यारेक निर्माणका लागि वाणगंगा नगरपालिकाबाट रु. ५ लाख बजेट बिनियोजन भएको, प्रहरी चौकी मेचकुरी मर्मत सुधारको लागि रु. ५ लाख नगरपालिका बाट विनियोजन भएको, प्रहरी चौकी मेचकुरीको कम्पाउण्ड वालको लागि रु. २ लाख २५ हजार विनियोजन भएसँगै निरन्तर अगाडी बढ्ने लक्ष्य रहेको कुरा जानकारी गराए ।

कार्यक्रममा सहभागी तुल्सीराम न्यौपाने, नारायण पाण्डे, नागरिक समाजका अध्यक्ष दोलकबहादुर पछाई, मोहन बेल्वासे, पार्वती आचार्य, चन्द्रकान्त न्यौपाने, राधा पाण्डे लगायतले जनताका हरेक समस्या समाधान गर्न नगर र प्रहरी प्रशासन हातेमालो गर्न तत्पर रहनुपर्ने जिज्ञासा राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी, विभिन्न संघ संस्थाका पदाधिकारी, राजनीतिज्ञ, मानव अधिकारकर्मी, संचारकर्मी, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो भने प्र.ना.नि टुक बहादुर खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६