प्रदेश

फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नचाहिने जहाँपनि बस चलाउन पाइने



काठमाण्डौं, १० असोज । सरकारले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए । 

उनले यात्रुको चापलाई ध्यानमा राख्दै सो अवधिमा देशका जुनसुकै स्थानसम्म बिना रुट परमिट बस चलाउन दिने उल्लेख गरे । उनले भने– ‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका छौँ । यो बेला जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेका छौँ ।’

उनले बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको जानकारी दिए । साथै सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए ।  पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको जानकारी गराए ।

साथै सादा पोसाकमा प्रहरी आफैं यात्री बनेर भाडादरको अनुगमन गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६