काठमाडौ,११ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि केही बेर बसेर स्थगित भएको छ।
दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए। तर एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए।
त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए।








प्रतिक्रिया