प्रदेश

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन कार्यतालिका परिवर्तन ।



काठमाडौ,११असोज । नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले टोल,वडा र पालिकास्तरीय भेला तथा सम्मेलनको मिति पछि सार्ने निर्णय गरेको हो ।

संगठन विभागले कार्यतालिका हेरफेरका लागि प्रस्ताव गरेको र त्यसैका आधारमा नयाँ मिति प्रस्ताव गरिएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यता नवीकरणको मितिलाई असोज मसान्तसम्म थप गरेर स्थानीयस्तरका भेलाको मिति केही पर सार्ने बैठकले निर्णय गरेको छ । संशोधित कार्यतालिकाअनुसार टोल भेलाहरू कात्तिक ६ गतेका लागि सारिएको छ भने कात्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकास्तरीय भेला गरिनेछ ।

संगठन विभागले यसअघिको मितिमा सम्मेलन गर्न समय नपुग्ने बताएकाले कार्यतालिका संशोधन गरिएको उहाँले जानकारी दिनुभयो । ‘समय पुगेन,भ्याइएन,टाइम सार्नुपर्यो भन्ने कुरा संगठन विभागले भनेकाले मिति सार्नेबारे छलफल भयो,सोहीअनुसार नयाँ मिति प्रस्ताव गरिएको हो’, उहाँले भन्नुभयो ।

तल्ला कमिटीका भेला सरेपनि राष्ट्रिय सम्मेलनको मिति भने नसर्ने उहाँले बताउनुभयो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

आजको बैठकले क्याबिनेट विस्तारका लागि पार्टीको तर्फबाट पहल लिने निर्णयसमेत गरेको छ । नेता गुरुङका अनुसार क्याबिनेट विस्तारका लागि केही कानुनी जटिलता देखिएकाले त्यसलाई हल गरेर छिट्टै सरकारलाई पूर्णता: दिन पहल गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र सरकार विस्तारबारे ब्रिफिङ्ग गर्नुभएको थियो । सरकार विस्तारको प्रश्न कानुनी विषयमा जोडिएकाले केही अन्योलता रहेको गुरुङले बताउनुभयो ।

‘अध्यादेश फिर्ता लिएर पनि हाउसबाट निर्णय हुनुपर्छ । हाउसमा टेबल भैसकेको छ । त्यसैले यो राजनीतिक निर्णयका आधारमा हल हुने भन्दा पनि कानुनी विषय भएकाले तत्काल के हुन्छ भन्न सकिंदैन’, उहाँले भन्नुभयो । कानुनी जटिलता भएकाले गठवन्धनका शीर्ष नेता बसेर टुंगो लगाउने उहाँको भनाइ छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६