प्रदेश

बाणगंगा नगरपालिकाको राजस्वमा उल्लेख्य वृद्धि ।



कपिलवस्तु ११ असोजकपिलवस्तुको वाणगंगा नगरपालिकाको कार्यालयले नयाँ आर्थिक बर्षको सुरुवातमै उलेख्य रुपमा राजस्व वृद्धि गरेको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को करिब ढाई महिनाको अवधिमा २ करोड २ लाख १२ हजार ३ सय १० रुपैयाँ ७० पैसा राजस्व संकलन गर्न सफल भएको राजस्व शाखाले जनाएको छ ।

शाखाको जानकारी अनुसार  मिति २०७८/०४/०१ देखि २०७८/०६/११ सम्म भएको आवधिक आय संकलन विवरण अन्र्तरगत रसिद नं १ देखि ३३८०९ सम्मको आम्दानी हो ।

जसमा सम्पत्ति कर बाट रु २३ लाख ८९ हजार १ सय १६ रुपौयाँ,  भुमिकर बाट रु ५२  हजार ६ सय ९८ रुपैयाँ ७२ पैसा, घरवहाल कर बाट रु ५ लाख ७ हजार ३ सय २१ रुपैयाँ ९८ पैसा, वाहल विरौटि कार बाट रु १ लाख ७२ हजार ४ सय ८० रुपैयाँ संकलन भएको छ ।

त्यस्तै सरकारी सम्पत्ति वहाल बाट प्राप्त आय रु २९ हजार रुपैयाँ, विद्युत सेवा शुल्क बाट रु ६० हजार रुपैयाँ, अन्यासेवा शुल्क तथा नगर निकासि आय ठेक्का बाट रु १ करोड १० लाख ३५ हजार ३ सय ४२ रुपौयाँ जम्मा भएको तत्थांकमा उल्लेख गरिएकोछ।

यस्तै शिक्षा क्षेत्रको आम्दानि बाट रु ४१ हजार रुपौयाँ, नक्सापास दस्तुर बापतको आय रु १० लाख ३७ हजार ३ सय ६४ रुपौयाँ, सिफारिश दस्तुर बाट रु २३ लाख ९६ हजार १ सय ४५ रुपौयाँ, व्यत्तिगत घटना दर्ता दस्तुर बाट रु ४७ हजार ६ सय रुपौयाँ, नाता प्रमाणित दस्तुर बाट रु ७० हजार ६ सय रुपैयाँ, अन्य दस्तुर बाट ३ लाख ६३ हजार ५ सय ९० रुपौयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर बाट रु १५ लाख ७९ हजार १ सय ६० रुपौयाँ, प्रशासनिक दण्ड जरिवाना र जफत बाट रु ४ लखा ३० हजार ४ सय ८८ रुपौयाँ संकलन भएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले चालु आर्थिक बर्षमा अहिले सम्मकै उच्च राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले बताए ।  

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६