अर्थ-वाणिज्य

यसपाली जिल्ला सभापतिमा खासै प्रतिस्पर्धी देखेको छैन : राजेश आचार्य



कपिलवस्तु १२ असोज ।  नेपाली कांग्रेसको १४ औ महाधिबेशनसंगै हुन लागेको कपिलवस्तुको जिल्ला अबिधेशनमा १७ सय बढी प्रतिनिधीवाट ५१ प्रतिशत मत ल्याएर कपिलवस्तुको सभापति आफू वाहेक अरु कोही बन्न नसक्ने दावि कांग्रेस  कपिलवस्तुका सभापति उम्मेदवार राजेश आचार्यले गर्नु भएको छ । उहाले सामुदायिक टेलिभिजन बुद्ध आवाजमा बिशेष अन्तर्वाता दिदै यस्तो दावि गर्नु भएको हो । उहाले जिल्ला सभापतिको  प्रतिस्पर्धामा कोही पनि अहिले सम्म देखा नपरेको वताउदै हल्ला सुनेको तर औपचारीक रुपमा कसैले पनि प्रतिस्पर्धी  दावि नगरेको उहाको भनाइछ ।  

मेरो पक्षमा दिपकुमार उपाध्याय ,अभिशेष प्रताप शाह , राजेश वहादुर सिंह देखि बिरेन्द्र कनौडीया र दिर्घनारायण पाण्डे समुह समेत रहेका छन् वर्तमान सभापति  सुरेन्द्र राज आचार्य मात्र बिपक्षमा हुनु हुन्छ । त्यसैले ठूलो  अन्तरका साथ पहिलो राउण्डमै  विजयी हुन्छु  सभापति बन्छ्ु । कसैले रोक्न सक्ने स्थिती छैन सभापतिका प्रत्यासी राजेश आचार्यको भनाइ छ । 

नेपाली कांग्रेस कपिलवस्तुको  सभापति भएपछि कसैलाई पनि गुटगत मान्यताले हेर्दैन  भन्दै आचायले भन्नु भयो म यसअघि सभापति हुदा पार्टीे सिस्टमले चलाएको हुँ , कसैलाई भेदभाव गरेन , कसैवाट अनुचित लाभ लिइन , इमानको राजनीति गरे त्यही भएर यसपाली एक पटकका लागि मलाई सभापति बनाउनुस भनेर कांग्रेस कार्यकर्ता बीच आएको छु उहाले भन्नु भयो । 

बाणगंगा देखि बिजयनगर सम्म आफ्नो पूर्व कर्मथलो भएको तौलिहवा पकडी र कृष्णनगरमा आफू अत्यन्तै भिजेको वताउदै आचार्यले भन्नु भयो  शेर वहादुर देउवा र वाल कृष्ण खाणसंग सामिप्य रहेर आफूले कार्यकर्ताका काम र जनताका समस्या समाधान गर्ने भएकाले सबै क्षेत्रका कार्यकर्ताको रोजाईको सभापति म नै हुँ ।यतिबेला  कांग्रेस कपिलवस्तुमा सुरेन्द्र राज आचार्यले नेतृत्व गरी रहेकाले पार्टी लथालिङग भताभुङग छ म त्यस्तो हुन दिन्न सबैलाई सही ढंगले समेट्छु भन्दै नेता आचार्यले भन्नु भयो ।उहासंको  बिस्तृत अन्तर्वाता आज सोमवार साझ ८ वजे ,मंगलवार विहान ८ वजे र दिउसो २ वजे  सामुदायिक टेलिभिजन बुद्ध अवाजमा हेर्न र सुन्न सकिनेछ ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६