अर्घाखाँची १२ असोज । अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्य चौकीलाई उक्त मेसिन प्रदान गरेको हो । मेसिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्य चौकीमा अक्सिजन मेसिन नहुँदा मालारानी–६, ७ र ८ का बासिन्दा उपचारका लागि अन्यत्र जान बाध्य थिए ।
मेसिन उपलब्ध भएपछि कोभिड–१९ तथा अन्य स्वासप्रस्वासका रोगीको उपचारमा सहज हुने स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्यालले बताए । डा टण्डन र डा श्रेष्ठले सो मेसिन वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष अर्याल र स्वास्थ्य चौकीका प्रमुख दीपक पौडेललाई हस्तान्तरण गरे ।
प्रतिक्रिया