असोज १२, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको ज्यान गएको छ ।
मंगलबार बिहान करिब ५ बजेतिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु ८ ख ४४११ नं को मालबाहक ट्रकले पैदलयात्री आमा छोरालाई ठक्कर दिदाँ उपचारको क्रममा उनीहरुको बुटवलमा ज्यान गएको हो ।
ज्यान जानेमा सैनामैना ५ बुद्धनगरस्थित राधा भट्टराई र अन्दाजी २२ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । उनीहरु आमा छोरा हुन् ।
ठक्करबाट गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।








प्रतिक्रिया