नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको देशभर सर्गमी सुरु भएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अहिले महाधिवेशनमा केन्द्रित भएका छन ।
यसै विचमा नेपाली कांग्रेस कपिलवस्तुको वाणगंगा नगरपालिकाको नगर सचिव पदमा सुर्य प्रसाद बरालले उमेद्धवारी घोषणा गर्नु भएको छ। हाल सम्म नगरमा सभापति पदमा ४ जनाको कुरा चलेको छ। त्यस्तै नगर सचिव पदका लागि पनि आहिले सम्म चार जना आकांक्षि देखिएका छन । त्यस मध्य बराल्ले उमेद्धवारको रुपमा आफुले नगर सचिव पदको उमेद्धवारी दिने घोषण गर्नु भएको छ । बि.स. २०५० सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका बरालले पार्टीको बिभिन्न पदमा रही जिम्मेवारी निर्वाह समेत गरी सक्नु भएको छ ।
बराल १२ औँ महाधिवेशनमा साविक मोतिपुर ३ मा उपसभापति पदमा रही काम गरि सक्नु भएको छ । भने नेपाल यातायात मजदुर सघं कपिलवस्तुको जिल्ला कोषाध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय सदस्य, ट्रेड युनियन कांग्रेस कपिलवस्तुको निबर्तमान उपसभापति साथै कार्यबहाक सभापतिको जिम्मेवारी समेत कुशलता पुर्वक आफनो जिम्मेवारी निर्वाह गरि सक्नु भएको छ ।
पार्टी भित्र यातायात क्षेत्रमा काम गर्दा बरालले नेपाल इ रिक्सा चालक सघंको आफनै नेतृत्वमा सघंं श्रम बिभागमा दर्ता गरी सस्थांपक महासचिव समेत हुनु भएको थियो । हाल वाणगंगा नगर कार्य समितिका सल्लाहकार समिति सदस्य समेत रहेका बराल २०६२/६३ सालको आन्दोलनमा यस क्षेत्रबाट नेतृत्वदायी भुमिका खेल्नु भएको थियो ।
अग्रजको सम्मान र युवाहरुको सहभागिताका लागी आफनो उमेद्धवारी रहेको बरालको भनाई छ । उहाँले पार्टीको १३ औँ महाधिवेशनमा नगर सचिवमा उमेद्धवारी दिएको भएता पनि सहमतिमा जाने भने पछि उहाँले उमेद्धवारी फिर्ता समेत लिनु भएको थियो। उहाँले यस क्षेत्रका दर्जन बढि सघं सस्थामा आवद्ध रही काम समेत गर्नु भएको छ।
आफु अव निरन्तर सक्रिय राजनितिमा लाग्ने भएकाले हालको लागी अग्रजको सम्मान गर्दै नगर सचिवमा उमेद्धवारी दिने र त्यसका लागी सबैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नु भएको छ।








प्रतिक्रिया