प्रदेश

नेपाली कांग्रेस कपिलवस्तुको पालिका अधिवेशन आज, चुनाव हुने पक्का ।



कपिलवस्तु,१३ असोज । नेपाली कांग्रेस कपिलवस्तुमा आज गाउँ र नगर समितिका अधिवेशन आज हुँदैछन् । आसन्न पार्टीको १४ औं महाधिवेशन अनुसार केन्द्रीय समितिले आज जिल्लाका पालिका अधिवेशनका लागि मिति तोकेको हो ।

१० स्थानीय तह रहेको कपिलवस्तुमा अधिवेशन हुन थालेको कांग्रेस कपिलवस्तुले जनाएको छ । जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा आज जुटेको हो ।
१० स्थानीय तह मध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा आज एकै दिन निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।

गाउँ र पालिका अधिवेशनको मतदाता नामावली हिजो नै जिल्ला पार्टी कार्यालयका प्रकाशन भैसकेको छ । आज बुथमा पनि मतदाता नामावली प्रकाशन हुने छ । विहान ७ बजेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुने जिल्ला निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।
 

जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि कोसिस भएपनि अधिकांश स्थानमा चुनाव हुने पक्का छ । सबै स्थानीय तहमा कांग्रेसका नेता उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६