प्रदेश

माओवादीले टुङ्ग्यायो सरकारमा जाने मन्त्रीको नाम ।



काठमाण्डौं, १३ असोज । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा जानेको नाम टुङ्गो लगाएको छ । स्रोतका अनुसार पार्टीले पाउने बाँकी चार मन्त्रीको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाउनुभएको छ । स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल र देवेन्द्र पौडेल प्रचण्डको रोजाइमा पर्नुभएको छ । त्यस्तै, समानुपातिक सांसद अञ्जना बिसंखे र बाँकेका महेश्वर गहतराजको नाम प्रधानमन्त्रीको हातमा परेको छ । माओवादीबाट यसअघि पम्फा भुसाल ऊर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।

गठबन्धनमा काँग्रेसले ७, माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्री लिने सहमति भएको बुझिएको छ । सोहीअनुसार माओवादीले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । माओवादीको स्थायी कमिटी बैठकले यसअघि नै मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीमा केही नेताले पटक–पटक मन्त्री बन्ने अवसर पाउँदा अन्य नेतामाथि अन्याय भएको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला यसपटक भने तीन जना नयाँ अनुहार मन्त्रिपरिषदमा देखिने भएका छन् । शर्मा,भुसाल र गजुरेल पटक–पटक मन्त्री बनिसकेका छन् भने पौडेल, विशंखे र गहतराज पहिलोपटक सिंहदरबार छिर्न लागेका हुन् ।

माओवादीमा भूगोल, समानुपातिक र नयाँ तथा अनुभवीलाई समेटेर मन्त्रिपरिषदमा पठाउनुपर्नेमा नेताहरुले जोड दिँदै आएका थिए ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६