काठमाण्डौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले एमाले गणतन्त्र र संविधानविरोधी कित्तामा उभिएकाले प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।
एमाले गणतन्त्र,संघीयता, धर्मनिरपेक्षताविरुद्ध लागेकाले आन्दोलनका उपलब्धिको रक्षा गर्न अबको डेढ वर्ष जनतामा जान अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । आफूहरु जनताको वीचमा जाँदा एमालेजस्तो जाली,फटाहा पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने उहाँको भनाइ छ ।
प्रचण्डले आफ्ना कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको भन्दै त्यसो गरे देशभर प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो । मुलुक,संविधान र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया